यी हुन् पूर्ण रूपमा अवरुद्ध सडक
काठमाडौं : देशका विभिन्न भागमा गएको बाढीपहिरो र सडक कटानका कारण मुख्य राजमार्ग तथा सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन्। जिल्ला रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम (पूर्वी भाग) मा केही दिनअघिको अबिरल वर्षा र भूभागीय जोखिमका कारण सडक यातायात प्रभावित भएको हो।यातायात अवरुद्ध हुँदा दसैंका लागि काठमाडौं उपत्यका बाहिरिएका सर्वसाधरणलाई उपत्यका फर्किन सास्ती भएको छ।
