बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–६ चन्दामोहन बाध नजिक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। असोज १६ गते विजया दशमीको दिन बर्जु–१ मा लागेको मेलामा घुम्न गएकी बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीय प्रत्यक्षदर्शीको बयान, घटनास्थलमा फेला परेका प्रमाण र टेक्निकल एनालाइसिसका आधारमा विशेष अपरेसन सञ्चालन गरी तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए।
