सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
काठमाडौं : सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ। असोज २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ५.०० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
