सन्धिखर्कमा प्लास्टिकका माला बिक्रीवितरण गर्न रोक
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्लास्टिकका माला, पटका बिक्रीवितरण गर्न रोक लगाएको छ। नगरपालिकामा व्यवसायीसँग भएको छलफल पछि तिहारमा फुलको माला लगाउन प्रेरित गर्न प्लास्टिकका माला बिक्रीवितरणमा रोक लगाइएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। बैठकले फुलको स्थानीय तथा स्वदेशमा हुने उत्पादनलाई बढवा दिन प्लास्टिकका माला बिक्रीमा असोज २३ गते देखिनै रोक लगाउने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले बताइन्।
