SHARE
अन्नपूर्ण · बिहीबार २३ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

झापाका बाढीपीडितलाई राहत वितरण, ६३६ परिवारले पाए राहत सामग्री

झापा : झापाका बाढीपीडितहरूलाई बुधबारदेखि राहत वितरण सुरु गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति झापाले स्थानीय तहको नेतृत्वमा एकद्धार प्रणालीमार्फत बाढीपीडितहरूलाई राहत वितरण गरिरहेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। झापा गाउँपालिकाका ६३६ बाढीपीडित परिवारलाई बुधबार राहत वितरण गरिएको उनले बताए।