नेपालले टस हारेर ब्याटिङ गर्ने
काठमाडौं : आईसीसी टी-२० विश्वकप पूर्वी एसिया तथा प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले पहिलो खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा कुवेतका कप्तानले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
