SHARE
अन्नपूर्ण · बिहीबार २३ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

खाल्डोमा डुबेर एक बालकको मृत्यु

धनुषा : धनुषामा उत्खनन् गरेर बनाइएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बटेश्वर गाउँपालिका–१ का १४ वर्षीय अविनाश महतो रहेका छन्।बडहरी खोला छेउको खेतमा खनेको खाल्डोमा डुबेर बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।