एनआईसी एशिया बैंकका ग्राहकलाई वीरगंजमा रहेको किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध
एनआईसी एशिया बैंकका ग्राहकलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहकले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
