SHARE
अन्नपूर्ण · बिहीबार २३ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

पावरप्लेमा नेपालको १ विकेट पतन

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत पहिलो खेलमा कुवेतविरुद्ध नेपालले १ विकेट गुमाउँदै ३९ रन बनाएको छ। ओमनको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखको विकेट गुमाएको हो। उनले ७ बलमा २ रन बनाउँदै एलबीडब्ल्यू आउट भए। २.३ ओभरमा आसिफ सस्तैमा पेभेलियन फर्किएका हुन्। पावरप्ले सकिँदा ओपनर कुशल भुर्तेलले १६ बलमा २५ रन र कप्तान रोहित पौडेल १० बलमा १० रन बनाउँदै खेलिरहेका छन्।