रुसले भन्यो– अमेरिकाले आणविक परीक्षण गर्यो भने हामी पनि उस्तै तरिकाले जवाफ दिनेछौँ
काठमाडौं : रुसले अमेरिकाले आणविक हतियार परीक्षण गरेमा त्यसको जवाफ पनि उस्तै तरिकाले दिने बताएको छ।रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले अक्टोबर ८ मा एक पत्रकार सम्मेलनमा अमेरिकाले लामो समयदेखि यस्ता परीक्षणका लागि आफ्ना सुविधा तयार गरिरहेको बताए।उनले अमेरिकाले आणविक परीक्षण गर्छ भने रुसले पनि उस्तै तरिकाले र धेरै छिटो जवाफ दिने बताए। तर उनले अमेरिकाले यस्ता परीक्षणको तयारी गरिरहेको आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण दिएनन्।
