खोलामा बेपत्ता भएकाहरू अझै भेटिएनन्
नुवाकोट : लाङटाङ घुम्न गएका क्रममा बाढी आएको खोलामा बगेर बेपत्ता भएका एकै घरका तीनसहित चार जना अझै भेटिएका छैनन्। भक्तपुरबाट नुवाकोट हुँदै रसुवाको पर्यटकीय स्थल लाङटाङ जाँदै गरेका उनीहरू वेरिङखोलामा शनिबार बेपत्ता भएका हुन्।उनीहरूको पाँच दिन बितिसक्दासमेत वास्तविकता पत्ता लाग्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। उनीहरूको दैनिक रूपमा खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए।
