SHARE
अन्नपूर्ण · बिहीबार २३ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

१० ओभरको खेल सकिँदा नेपालको ३ ब्याटर पेभेलियन फर्किए

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत पहिलो खेलमा कुवेतविरुद्ध १० ओभरमा ३ विकेट गुमाउँदै ५३ रन बनाउँदै खेलिरहेको छ । ओमनको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पावरप्लेमा नेपालले १ विकेट गुमाउँदै ३९ रन बनाएको थियो। त्यसपछि नेपालले २ विकेट गुमायो। कप्तान रोहित पौडेल र कुशल मल्लको विकेट गुमाएको हो।पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखको विकेट गुमाएको हो। उनले ७ बलमा २ रन बनाउँदै एलबीडब्ल्यू आउट भए।