कुशल भुर्तेलको १२ औँ टी-२० अन्तर्राष्ट्रिय अर्धशतक
काठमाडौं : नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा १२ औँ अर्धशतक प्रहार गरेका छन्। ओमानमा जारी एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको पहिलो खेलमा कुवेत विरुद्ध कुशलले १२ औँ अर्धशतक प्रहार गरेका हुन्। उनले ४६ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले १ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। एक इन्डबाट विकेट गइरहँदा उनले अर्को इन्डबाट नेपालको पारी सम्हाल्दै खेलिरहेका छन्। हाल १८ ओभर सकिँदा कुशलले ५४ रनमा अविजित क्रिजमा रहेका छन्।
