कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको विजयी लक्ष्य दिएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको हो। नेपालको लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ५६ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। उनले टी-२० अन्तर्राष्ट्रियमा १२ औं अर्धशतक प्रहार गरे।
