सोमपालले लिए नेपालका लागि पहिलो विकेट
काठमाडौं : नेपालका तीव्र गतिका बलर सोमपाल कामीले कुवेतको पहिलो विकेट लिएका छन्। ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटमा कुवेतविरुद्ध सोमपालले पहिलो ओभरको चौथो बलमा रविजा सान्दारुवालाई बोल्ड आउट गरेका हुन्। अल अमिरत क्रिकेट मैदानमा टस हारेर नेपालले लिएको १४२ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले पहिलो ओभरमै ओपनर गुमाएको हो। पहिलो ओभर सकिँदा नेपालले २ रन खचिँदै १ विकेट लिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
