SHARE
अन्नपूर्ण · बिहीबार २३ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

टी-२० विश्वकप छनोट : नेपालले कुवेतलाई ५८ रनले हरायो

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो।  ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको हो। कुवेतका लागि ओपनर ब्याटर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए।