एक लाख घुससहित पक्राउ परेका नापी कार्यालयका सर्भेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबास,महोत्तरीका सर्भेक्षक शिवकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले साहविरुद्ध बुधबार विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरेको हो।जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले साहलाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।
