SHARE
Kalo Pati · बुधबार २१ असो २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १०ः ३० बजेका लागि तय गरिएको बन्दसत्र दिउँसो ४ बजेपछि सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । खुलामञ्चमा तय गरिएको बन्द सत्रको कार्यक्रम वर्षाका कारण प्रभावित भएपछि समय सारिएको हो ।