तीन महिनामा ६.२ प्रतिशतले बढ्यो सेयर धितो कर्जा, कसरी पाईन्छ ऋण ? 

काठमाडौँ -  पछिल्लो समयमा शेयर धितो कर्जाको बढ्न थालेको छ । तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०र८१ को साउन महिनादेखि सेयर धितो राखेर कर्जा लिनहरु ह्वात्तै बढ्न थालेको हो । 

तथ्याङ्क अनुसार पछिल्लो ३ महिनामा साउनदेखि असोजसम्ममा सेयर धितो कर्जा ४ अर्ब ७० करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा आइपुग्दा यो ६।२ प्रतिशत अर्थात ४ अर्ब ७० करोड ९३ लाख रुपैयाँले बढेर ८१ अर्ब १ करोड रुपैयाँ पुगेको हो । 

पछिल्लो समयमा बैंकहरूको ब्याजदर घट्न थालेसंगै सेयर धितो कर्जा प्रवाह पनि वृद्धि भएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ । प्रणालीमा तरलता सहज भएपछि बैंकहरूको ब्याजदर घट्दै गएको छ । ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह भने बढ्दै गएको हो । यसैगरी, सेयर बजार घटेर निकै सस्तो हुँदा पनि लगानीकर्ताले कर्जा लिएर भए पनि सेयर किन्न थालेको अनुमान पनि गरिएको छ । 

यता, चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गर्यो । व्यवस्था लागू भएसँगै २५ लाखदेखि ५० लाख रुपैयाँसम्म सेयर धितो कर्जा लिने लगानीकर्ताको संख्या ह्वातै बढेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ३ महिनामा २५ लाखदेखि ५० रुपैयाँसम्मको सेयर धितो कर्जा लिने दोहोरो अङ्कले बढेका हुन् । गत असार मसान्तसम्ममा यस्तो कर्जा १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ प्रवाह भएको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा भने २५ लाखदेखि ५० लाखसम्म सेयर धितो कर्जा ११ प्रतिशतले बढेको हो । असोज मसान्तसम्ममा भने थप १ अर्ब ४० करोड ६० लाख रुपैयाँले बढेर यस्तो सीमाको कर्जा १४ अर्ब १८ करोड ७० लाख माथि पुगेको छ ।