प्रधानमन्त्री भेट्न बालुवाटार पुगे गृहमन्त्री लामिछाने  

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

सत्तारुढ मुख्य घटक नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्यको यात्रा सुरु गर्ने भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् ।