SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०३:०८ AM · 1 मिनेट पढाइ

१० वर्षअघि हराएका बालक भेटिए, अभिभावकको जिम्मा लगाइयो

१० वर्षअघि घरबाट हराएका सप्तरीका एक बालकलाई प्रहरीले फेला पारेर अभिभावकको जिम्मा लगाएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा ६ वर्षको उमेरमा घरबाट हराएका थिए। खोजतलासका क्रममा उनी भारतको नयाँ दिल्लीमा रहेको खुलेपछि नेपाल प्रहरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरी उद्धार गरेको हो।