SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७०१ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७८, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।