महाधिवेशन स्थलको सुरक्षाका लागि दुई सयभन्दा बढी स्वयंसेवक परिचालन
कांग्रेसको १५ औैं महाधिवेशन स्थलको सुरक्षा व्यवस्थाका लागि करिब दुई सयभन्दा बढी स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मेवारी केन्द्रीय सदस्य गणेश लामालाई दिइएको छ । लामासहित सैनिक विभागका अध्यक्षसहित तीन जनाले सम्हालेका छन् ।