SHARE
पर्दाफास · आइबार​ १८ असो २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक

माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । बैंकको वेबसाइटमा मायाको आइकन देख्न सकिन्छ । यसैमार्फत ग्राहक हरूले आफ्नो जिज्ञासा च्याटमार्फत राख्न सक्छन् । ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो ।