कांग्रेस महाधिवेशनमा नीति, विधान संशोधन र संरचनागत सुधार मुख्य एजेन्डा
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि (आइतबार) काठमाडौंको टुँडिखेल खुलामञ्चमा उद्घाटन हुने भएको छ । कांग्रेस पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनबाट आगामी पाँच वर्षका लागि कांग्रेसले लिने नीति, कार्यक्रम र राजनीतिक मार्गचित्र स्पष्ट हुने बताएका छन् ।