कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि आवाससँगै खाना–खाजाको व्यवस्थापनसमेत मिलाइएको छ । महाधिवेशनका लागि देश तथा विदेशबाट काठमाडौं आउने प्रतिनिधिहरूलाई सहज हुने गरी व्यवस्थापनका विभिन्न तयारी अघि बढाइएको कांग्रेसले जनाएको छ ।