SHARE
पर्दाफास · शनिबार १७ असो २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

२७७ घण्टा ३० मिनेट चलेको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा के–के भए?

प्रतिनिधिसभाको दोस्रो अधिवेशन ६२ कार्यदिनमा ६८ वटा बैठक बसेर सम्पन्न भएको छ। अधिवेशनमा कुल २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय खर्च भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्। गत वैशाख २८ गतेदेखि असोज ३ गतेसम्म कुल १४५ दिन भए पनि प्रतिनिधिसभाको संसदीय कार्य दिन ६२ दिन कायम भएको हो।