टोयोटा र एनआईसी एसिया बैंकबीच वित्तीय सहकार्य, ५.९९ प्रतिशत ब्यादरमा अटो लोन
दसैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपाला टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिेकट प्रालि (यूटीएस) र एनआईसी एसिया बैंकबीच वित्तीय सुविधासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। समझदारीपत्रमा यूटीएसका नायब महाप्रबन्धक (सेल्स एन्ड मार्केटिङ) रेखा शाह एनआईसी एसिया बैंकका प्रमुख व्यापार अधिकृत अमित केसीले हस्ताक्षर गरेका छन्।