SHARE
पर्दाफास · शुक्रबार​ १६ असो २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरी महानिरीक्षक पौडेल सहिद परिवारको घरमा, दिए यस्तो प्रतिबद्धता

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले कर्तव्य पालनाका सिलसिलामा वीरगती प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीको परिवारसँग भेटघाट गरेका छन् । नं. १ बराह वाहिनी मातहत कार्यालयहरुको अवलोकन भ्रमणका क्रममा उनले कर्तव्य पालनाको सिलसिलामा तत्कालीन माओवादी विद्रोहीहरुको भिडन्तमा दाङको धनौरीमा २०६१ साल असार २० गते वीरगती प्राप्त गरेका सहिदका परिवारसँग भेटघाट गरेका हुन् ।