सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्यो : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले विधि र प्रक्रिया मिचेर गरिने गिरफ्तारीले सरकारको छवि धुमिल बनाएको बताए ।