SHARE
पर्दाफास · सोमबार १२ असो २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

संसदीय विशेष समितिको सभापति चयन असोज १४ गते हुने

प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयन गर्ने मिति तय गरेको छ । सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते समितिको सभापति चयनका लागि निर्वाचन हुने जानकारी सदनलाई गराएका छन् ।