पहिरोले देशभरका सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी
अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउन निरन्तर प्रयास भइरहेको छ। सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको छ।