SHARE
पर्दाफास · आइबार​ ११ असो २०८३ १०:४० AM · 1 मिनेट पढाइ

वर्षा रोकिए पनि पहिरोको जोखिम कायमै, सडक खुलाउन २५० बढी उपकरण तयारी अवस्थामा

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि केही दिन पहिरोको जोखिम कायमै रहने जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिए पनि तत्काल पहिरोको जोखिम नहट्ने बताइन् । उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही दिन सतर्कता अपनाउन आग्रह गरिन् ।