SHARE
पर्दाफास · आइबार​ ११ असो २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

मलेखु–मुग्लिङ सडक खण्डका १० स्थानमा पहिरो

लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा ठूला ढुङ्गा, रुख र लेदोसहितको पहिरो खसेपछि यो खण्ड भएर गुड्ने सवारीसाधन पूर्णरुपमा बन्द भएको हो ।