SHARE
पर्दाफास · आइबार​ ११ असो २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

अपडेट : कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ । बाढीका कारण अन्य २३ घरसमेत उच्च जोखिममा परेका छन् । ती घरमा बस्न नसकिने अवस्था रहेको जनाइएको छ । उच्च जोखिममा रहेका घरका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।