भाेटेकाेशी बाढीपीडितका लागि अमेरिका रहेका विभिन्न संस्थाको सहयोग
भोटेकोशी बाढीपीडितको राहतका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर सहयोग गरेका छन्। तीनवटै संस्थाका प्रतिनिधिले परराष्ट्रमन्त्री शिशिर खनाललाई आइतबार छुट्टाछुट्टै चेकमार्फत उक्त रकम हस्तान्तरण गरेका हुन्।