SHARE
पर्दाफास · शनिबार १० असो २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनको तयारी तीव्र, देउवा समूहले ल्यायो क्रियाशील सदस्यताको अनलाइन पोर्टल सार्वजनिक

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ । शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियाशील सदस्यताका लागि अनलाइन पोर्टलको शुभारम्भ गरिएको हो । इतर समूहका संयोजक डा.शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।