SHARE
पर्दाफास · शनिबार १० असो २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

हिमपातले उवा भित्र्याउनै समस्या, पाकेको बाली खेतमै ढल्यो

हिमाली क्षेत्रमा भारी हिमपात सुरु भएपछि त्यहाँको वर्षमा एक पटक मात्रै उत्पादन हुने प्रमुख खाद्यबाली उवा भित्र्याउन किसानलाई समस्या भएको छ । लगातारको हिमपातका कारण खेतबारीमा पाक्न लागेको उवा ढलेर नष्ट हुन थालेपछि किसान चिन्तित भएका छन् । हिमपातका कारण किसान खेतबारीमा पुगेर उवा काट्न तथा भित्र्याउन नसक्ने अवस्था आएको हो ।