SHARE
पर्दाफास · शनिबार १० असो २०८३ १२:२० PM · 1 मिनेट पढाइ

कर्णालीका १९ आयोजना रुग्ण, ‘कि काम गर, कि ठेक्का तोड’

ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि कर्णाली प्रदेशका आठ जिल्लाका १९ आयोजना रुग्ण अवस्थामा पुगेका छन्। कतिपय आयोजना २०७७ सालमै ठेक्का सम्झौता भएर पनि अझै निर्माण सम्पन्न हुन सकेका छैनन् ।