SHARE
पर्दाफास · शनिबार १० असो २०८३ १०:११ AM · 1 मिनेट पढाइ

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै

कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ ।