SHARE
पर्दाफास · शनिबार १० असो २०८३ ०३:५८ AM · 1 मिनेट पढाइ

नयाँ कुमारी आर्यतारालाई इन्द्रजात्रामा गराइयो नगर परिक्रमा

नयाँ कुमारी आर्यतारा शक्यको पहिलो इन्द्रजात्रा शुक्रबार काठमाडौंमा विशेष रूपमा मनाइएको छ । गत वर्ष कुमारीका रूपमा नियुक्त भएकी आर्यताराले पहिलोपटक इन्द्रजात्राको अवसरमा नगर परिक्रमा गरेकी हुन् । इन्द्रजात्राका क्रममा कुमारीसँगै गणेश र भैरवलाई पनि रथमा राखेर काठमाडौंका भित्री क्षेत्रमा परिक्रमा गराउने परम्परा छ ।