SHARE
पर्दाफास · शुक्रबार​ ९ असो २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा

विभिन्न राजनीतिक दल परित्याग गरेका युवाहरूले विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै अभियान घोषणा गरिएको हो । अभियानले शक्तिशाली राजनीतिक संगठनको जग निर्माण गर्नुका साथै सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्य लिएको छ ।