SHARE
पर्दाफास · शुक्रबार​ ९ असो २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो। नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।