आज इन्द्रजात्रा, देवराज इन्द्रको पूजा-आराधना गरी मनाइँदै
आज इन्द्रजात्रा पर्व मनाइँदै छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।