SHARE
पर्दाफास · बिहीबार ८ असो २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्याब्सनले उक्त जानकारी गराएको हो ।