मनसुनजन्य विपद्को उद्धारका लागि सशस्त्र प्रहरीको उच्च तयारी, ११ हजारभन्दा बढी जनशक्ति परिचालन
सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि देशभर उच्च सतर्कता अपनाएको छ। सशस्त्र प्रहरीले देशभरका ६ सय ५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन अवस्थामा राखेको जनाएको छ।