डोल्पामा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, सबै यात्रु सुरक्षित
डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ। नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज आज बिहान ८ बजेर २५ मिनेटमा जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।