SHARE
पर्दाफास · बिहीबार ८ असो २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

देशभर मनसुनी गतिविधि सक्रिय, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम९मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको छ आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ। हाल देशभर साधारणतया बादल लागेको छ।