SHARE
पर्दाफास · बुधबार ७ असो २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

अनलाइन जुवा तथा सट्टाबाजीमा संलग्न ४८ जना पक्राउ

बाँकेको कोहलपुरबाट अनलाइनमार्फत जुवा तथा सट्टाबाजीमा संलग्न ४८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ न्युरोडस्थित होटल म्याक्समा अनलाइनमार्फत जुवा तथा सट्टाबाजी भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४६ जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक रहेका छन्।