SHARE
पर्दाफास · बुधबार ७ असो २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन माग

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बेपत्ताका परिवारले भोग्नुपरेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।